दफा ११
स्थानान्तरण केन्द्र तोक्ने
(१) स्थानीय तहले प्रारम्भिक चरणमा सङ्कलन भएको फोहरमैलालाई व्यवस्थित गर्न कुनै स्थानलाई स्थानान्तरण केन्द्रको रुपमा तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको स्थानान्तरण केन्द्र तोक्दा जनस्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर नपर्ने गरी तोक्नु पर्नेछ र यसरी तोकिएको स्थललाई दुर्गन्ध नआउने गरी आवश्यक व्यवस्था समेत गर्नु पर्नेछ ।